२७ जेठ २०८३, बुधबार

कांग्रेस उपसभापतिको प्रस्ताव– बाँदरले अति नै गर्‍यो, विदेशतिर निर्यात गरौं

बैशाख १२, २०८०
कांग्रेस उपसभापतिको प्रस्ताव– बाँदरले अति नै गर्‍यो, विदेशतिर निर्यात गरौं

सत्तारुढ नेपाली क‌ांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

गाउँघरमा बाँदर आतंक फैलिएको उल्लेख गर्दै उनले त्यसलाई निर्यात गर्ने निर्णय गरेर जाँदा मुलुकलाई आर्थिक संकटमा राहत मिल्ने पनि बताएका हुन् ।

मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले किसानको बाली लुटेर लैजाने बाँदरलाई निर्यात गर्दा कसो होला पनि जिज्ञासा राखेका थिए ।

उनले मुलुक आर्थिक महासंकटबाट गुज्रिएको उल्लेख गर्दै त्यसको निदानका लागि सत्तापक्ष र प्रतिपक्ष सबैले मिलेर काम गर्नुपर्ने बताए ।

उपसभापति गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि भ्रष्टाचार नियन्त्रण गर्नु पहिलो सर्त रहेको पनि दोहोर्‍याएका थिए ।

उनले भने, ‘अस्ट्रेलिया विकसित मुलुक हो । त्यहाँको राष्ट्रिय जनावर कंगारु हो । त्यहाँ आर्थिक व्यवस्थापनका सन्दर्भमा लाखौं कंगारुहरू मार्दैछन् । कंगारुको छाला निर्यात गर्दैछन् । र, त्यसको मासु पनि प्रयोगमा ल्याउँदैछन् । श्रीलंकाले हालसालै एक लाख बाँदरहरू निर्यात गर्ने निर्णय गरेको छ । सभामुख महोदय, हाम्रा गाउँहरूमा पनि अहिले बाँदरआतंक मच्चिएको छ । किसानले लगाएको बाली टिप्ने बेलामा बाँदरको हुल आएर लुटेर लैजान्छ । हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला ?’

उनले अब आर्थिक संकटमोचनका लागि सत्ता प्रतिपक्ष नभनी मिलेर काम गर्नुपर्ने पनि बताए ।

salt training

कमेन्ट गर्नुहोस्