२३ जेठ २०८३, शनिबार

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

बैशाख १२, २०८०
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

राष्ट्रपतिको कार्यालयले भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट फ मेडिकल साइन्समा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ ।

राष्ट्रपतिको कार्यालयले मंगलबार एक विज्ञप्तिमार्फत् उनको उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको जानकारी दिएको हो ।​

एन्टिबायोटिक प्रयोगका कारण उनमा शारीरिकरुपमा केही शिथिलता भए पनि सामान्य हिँडडुल गर्ने अवस्थामा रहेको सूचना साथमा रहेका परिवारका सदस्यबाट आएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्