२६ जेठ २०८३, मंगलबार

हरेक १० वर्षमा लाइसेन्स नवीकरणको व्यवस्था गर्ने सरकारको तयारी

बैशाख १२, २०८०
हरेक १० वर्षमा लाइसेन्स नवीकरणको व्यवस्था गर्ने सरकारको तयारी
फाइल तस्बिर

सरकारले हरेक १० वर्षमा सवारी लाइसेन्स नवीकरणको व्यवस्था गर्ने तयारी गरेको छ ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अब हरेक १० वर्षमा लाइसेन्स नवीकरण गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार रहेको बताएका हुन् । मंगलबार मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री ज्वालाले स्मार्ट लाइसेन्स पाँच/पाँच वर्षमा गर्नुपर्ने नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा रहेको बताए ।

लाइसेन्स नवीकरण प्रत्येक पाँच वर्षमा गर्नुपर्ने तर आयु २० वर्ष मात्रै हुने भएकाले अब सरकारले १० वर्षमा नवीकरण गर्नेगरी ऐनमा नै व्यवस्था गरेर चाँडै लागू गर्न लागेको उनले बताए । ‘स्मार्ट लाइसेन्सको आयु २० वर्ष छ । नवीकरण पाँच/पाँच वर्षमा गर्नुपर्ने भएकाले झन्झटिलो छ,' उनले भने, 'लाइसेन्स १० वर्षमा नवीकरण गर्नेगरी ऐनमा नै व्यवस्था गरेर अघि बढाएका छौं । केही समयपछि लागू हुन्छ । १०–१० वर्षमा नवीकरण गर्ने व्यवस्था गर्छौँ ।'

सरकारको स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउने काम प्रमुख प्राथमिकतामा रहेको उनको भनाइ छ । मन्त्री ज्वालाले यातायात क्षेत्रमा सबैभन्दा बढी गुनासो रहेको बताउँदै लाइसेन्सका समस्या समाधान गर्न सरकारले कार्ययोजना बनाएर अघि बढेको उनले बताए । 

सरकारले सवारी चालक अनुमति पत्रका लागि ट्रायल परीक्षा पास गरेर लामो समयसम्म स्मार्ट लाइसेन्स कुरेर बसेकाहरूको समस्या सात महिनाभित्र अन्त्य गर्ने योजना बनाएको सुनाए । 

सवारी साधनमा इम्बोस्ड नम्बरका विषयमा अंग्रेजीमा मात्रै प्रिन्ट भएकोमा केही आलोचना र गुनासोहरू आएको भन्दै मन्त्रिपरिषद्‍बाट निर्णय गरेर अंग्रेजी, नेपाली र नेपाली र अंग्रेजी दुवै प्रयोग गर्न पाउने व्यवस्था गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्