राष्ट्रियसभाको बैठक भोलि बस्दै छ ।
संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमकाअनुसार बुधवार दिउँसो १ बजे बस्ने बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुनेछ ।
बैठकमा मदनकुमारी शाह (गरिमा) प्रस्तावक र अनिता देवकोटा, खिमलाल देवकोटा, जयन्ती देवी राई, जितेन्द्र नारायण देव, तुलप्रसाद विश्वकर्मा, दिलकुमारी रावल थापा (पार्वती), प्रमिला कुमारी, डा. विमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आले मगर समर्थक रहेको ‘सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।