२४ जेठ २०८३, आइतबार

लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान, बिहीबारसम्मको समय

७ कारणसहित १६८(२) अनुसार आह्वान
बैशाख १२, २०८०
लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान, बिहीबारसम्मको समय

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन् । मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै प्रदेश प्रमुखले मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । 

त्यसका लागि दलहरुले आफ्नो पक्षमा बहुमत देखाएर बिहीबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्नुपर्ने प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि नयाँ सरकार गठनका लागि १६८(२) अनुसार कि (३) अनुसार आह्वान गर्ने भन्नेमा अलमल हुँदै आएकामा प्रदेश प्रमुखले सर्वोच्च अदालतको नजिर, कानुन व्यवसायीको रायसुझावसहित ७ कारण अघि सारेर १६८ (२) अनुसार नै आह्वान गरेका हुन् । 

लुम्बिनीमा केन्द्रीय सत्ता गठबन्धनअनुसार नै प्रदेशमा नयाँ सरकार बनाउने तयारी छ । 


 

salt training

कमेन्ट गर्नुहोस्