२५ असार २०८३, बिहीबार

समाधि गृह फोडेर फलामे वस्तु चोरी हुन थाल्यो

बैशाख १२, २०८०
समाधि गृह फोडेर फलामे वस्तु चोरी हुन थाल्यो

झापाको कमल गाउँपालिका–५ गेउरियास्थित किराँत समुदायको समाधिस्थलबाट फलामजन्य वस्तुहरू चोरी हुन थालेको छ ।

दर्जनौँ समाधि गृहका झ्याल र ढोका फोडेर फलामका रड र गृलहरू राति चोरी हुन थालेको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष कमन देवानले बताए । उनले किराँत समुदायको आस्थाको धरोहरको रूपमा रहेका समाधिस्थलको सुरक्षा गरिदिन स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गरिएको जानकारी दिए । 

यता कमल–५ का वडाध्यक्ष लालबाबु बिष्टले समाधि गृहबाट सामान चोरी भएको कुनै जानकारी नआएको बताए । तर समाधिस्थललाई व्यवस्थित र सुरक्षित गर्नका लागि निश्चित क्षेत्रमा तारको घेराबेरा गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिसक्ने उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्