
भारतको पञ्जाब राज्यका पूर्व मुख्यमन्त्री प्रकाशसिंह बादलको निधन भएको छ ।
अकाली दलका मिडिया सल्लाहकार जंगबीर सिंहले बादलको ९५ वर्षको उमेरमा निधन भएको पुष्टि गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दमको समस्याका कारण बादललाई श्वासप्रश्वासमा अप्ठ्यारो हुने गरेको थियो । गत १६ तारिखदेखि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
बादलको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘प्रकाशसिंह बादलको निधन मेरा लागि निजी क्षति हो । मेरो उहाँसँग कैयौ दशकदेखि निकट सम्पर्क थियो र उहाँबाट धेरै सिक्न पाइएको थियो । मलाई उहाँसँग भएका कैयौ कुराकानी याद छन्, जसमा उहाँको सुझबुझ प्रस्ट देखिन्थ्यो । उहाँको परिवार र प्रशंसकप्रति हाम्रो समवेदना छ ।’