१७ असार २०८३, बुधबार

वैदेशिक रोजगारमा युरोप आकर्षण

बैशाख १३, २०८०
वैदेशिक रोजगारमा युरोप आकर्षण

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानियाजस्ता थुप्रै युरोपेली मुलुकमा जाने गरेको खबर 
गोरखापत्रले छापेको छ ।  
गत आर्थिक वर्ष क्रोएसियाका लागि पाँच हजार ३४४ जनाले श्रम स्वीकृति लिएका थिए । साइप्रसका लागि चार हजार १८१, फ्रान्सका लागि १६४, माल्टाका लागि एक हजार ९१५, पोल्यान्डका लागि एक हजार ८५५ र रोमानियाका लागि सात हजार ४७५ जनाले श्रम स्वीकृति लिएका थिए । गत वर्ष कुल छ लाख ३० हजारले श्रम स्वीकृति लिएका थिए ।

कोभिड महामारीपछि नेपाली रोजगारीका लागि युरोप जाने क्रम बढेको देखिन्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजन पोखरेलले युरोपमा नेपाली श्रमिकका लागि राम्रो अवसर भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्