१० असार २०८३, बुधबार

काबुल विमानस्थल विस्फोटको दोषीलाई तालिबानले मारेको अमेरिकाको दाबी

बैशाख १३, २०८०
काबुल विमानस्थल विस्फोटको दोषीलाई तालिबानले मारेको अमेरिकाको दाबी

काबुल विमानस्थलमा बम विस्फोट गरी सामूहिक हत्याको योजना बनाउने इस्लामिक स्टेटको मान्छेलाई तालिबानले मारेको अमेरिकी अधिकारीहरूले बताएका छन् । 

सन् २०२१ को अगस्टमा अमेरिका अफगानिस्तानबाट बाहिरिँदै गर्दा काबुल विमानस्थलमा गरिएको आत्मघाती बम विस्फोटमा परी १७० सर्वसाधारण र १३ अमेरिकी सैनिक मारिएका थिए । तालिबानले देशका अन्य भागसँगै काबुल पनि नियन्त्रणमा लिएपछि मानिसहरू विमानस्थलबाट भाग्न खोज्दै थिए । 

आईएसका ती व्यक्ति हप्तौंअघि मारिएको तर उनको मृत्युको पुष्टि हुन समय लागेको अमेरिकी अधिकारीहरूको भनाइ छ । 

मारिने व्यक्तिको नाम सार्वजनिक गरिएको छैन । 

संकलन गरिएको सूचना तथा निगरानीमार्फत ती आईएस नेताको हत्याको सुनिश्चितता आफूहरूले गरेको अमेरिकी अधिकारीहरू बताउँछन् र ती व्यक्ति नै बम आक्रमणका लागि जिम्मेवार थिए भन्ने निष्कर्ष कसरी निकालिएको हो भनी विस्तारमा उनीहरूले खुलाउन चाहेनन् । 

उक्त बम विस्फोटमा मारिएका अमेरिकी सैनिकको परिवारलाई आईएस नेताको हत्याको जानकारी अमेरिकाले सोमवारदेखि दिन थालेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्