भारतको राजस्थानमा रहेको उदयपुरमा कार किनेका एक व्यक्तिले बिग्रेको बिग्य्रै गरेपछि अनौठो तरिकाले विरोध गरेका छन् ।
उनले आफ्नो कार दुईवटा गधाले तान्न लगाएर शोरूमसम्म पुर्याएका थिए ।
राजकुमार नामक ती व्यक्तिले डेढ महिनाअघि कार किनेका थिए । कारमा अनेकौं समस्या रहेको भनी उनले शोरूमका व्यवस्थापनलाई बताएका थिए । तर व्यवस्थापनले ध्यान नदिएपछि आक्रोशित भएका उनले नयाँ कार गधाले तान्न लगाएका हुन् ।
एउटा महत्त्वपूर्ण कार्यक्रममा पुगेको बेलामा कार बिग्रेपछि उनले कम्पनीलाई फोन गरेर कार लैजान भनेका थिए तर बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म मात्र लग्न मिल्ने भनी कम्पनीले जवाफ दिएको थियो । त्यसपछि उनले कार गधाबाट तान्न लगाएर शोरूप लगेका थिए ।
शोरूम व्यवस्थापनले चाहिँ राजकुमारले नै बाहिर गएर कारको आन्तरिक मर्मत गराएकाले समस्या आइरहेको बताएको छ ।
Udaipur: डेढ़ माह में खराब हुई 18 लाख की कार, मालिक ने गधों से खिंचवाकर वापस शोरूम भेजी, देखें वीडियोhttps://t.co/hxgwmLSUxb pic.twitter.com/29zEeGmcXx
— Amar Ujala (@AmarUjalaNews) April 26, 2023