२४ असार २०८३, बुधबार

आफूमाथि ट्रम्पले करणी गरेको लेखिकाले लगाइन् आरोप

बैशाख १४, २०८०
आफूमाथि ट्रम्पले करणी गरेको लेखिकाले लगाइन् आरोप

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफूमाथि करणी गरेको भनी लेखिका ई. जीन क्यारोलले अदालतमा बयान दिएकी छन् । 

राष्ट्रपति बन्नुअघि व्यापारी छँदा नै सन् १९९६ मा ट्रम्पले महिलाको अन्तर्वस्त्र किन्ने क्रममा आफ्नो बलात्कार गरेको उनको भनाइ छ । 

‘डोनल्ड ट्रम्पले मलाई बलात्कार गरेको हुनाले अहिले म यहाँ छु,’ उनले जुरीका सदस्यहरूलाई बताइन्, ‘मैले यसबारेमा लेख्दा उनले यसो नभएको बताए । उनले झूटो बोलेर मेरो मानसम्मान ध्वस्त पारे र म आफ्नो जीवन पुनः प्राप्त गर्नका लागि यहाँ छु ।’

बयान दिने क्रममा क्यारोलको आँखामा आँसु आएको थियो । 

ट्रम्पले चाहिँ क्यारोलको भनाइ झूटो रहेको कुरा दोहोर्‍याउँदै यो ठग्ने नियतले गरिएको दाबी भएको बताएका छन् ।

‘यो ठग र झूटो कथा हो,’ उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखे । 

यस्तो टिप्पणी गरेपछि मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीशले ट्रम्पका वकिलहरूलाई थप कानूनी समस्या आउन सक्ने भनी चेतावनी दिएका छन् । 

ट्रम्पले पुर्पक्षमा अहिलेसम्म सहभागिता जनाएका छैनन् तर उनी बयान दिन आउन सक्ने भनी वकिलहरूले मंगलवार बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्