०७ असार २०८३, आइतबार

संयुक्त राष्ट्रसंघद्वारा एक हजारभन्दा बढी सुडानी शरणार्थी परिवार दर्ता

बैशाख १४, २०८०
संयुक्त राष्ट्रसंघद्वारा एक हजारभन्दा बढी सुडानी शरणार्थी परिवार दर्ता

 सशस्त्र द्वन्द्व चलिरहेको छिमेकी सुडानबाट चाडमा प्रवेश गरेका  एक हजारभन्दा बढी परिवारहरूलाई संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले दर्ता गरेको छ । एजेन्सीका चाडस्थित प्रतिनिधि लाउरा लो क्यास्ट्रोले बताएअनुसार "पूर्वी चाडमा सुडानी शरणार्थीहरूको आगमन बढ्दो छ ।

 अप्रिल २५ गतेदेखि यहाँ शरणार्थीको प्रारम्भिक दर्ता शुरु गरिएको हो। 

क्यास्ट्रोले यसअघि समस्याग्रस्त सुडानबाट १० हजारदेखि २० हजार  मानिसहरू चाडमा भागेको अनुमान गरेका थिए  । त्यस्तै विश्व खाद्य कार्यक्रम, युनएचसीआर,  संयुक्त राष्ट्रसंघ बालकोष र चाडको राष्ट्रिय आयोगबीच  शरणार्थी व्यवस्थापन का निम्ति संयुक्त मिसन सञ्चालन गरिएको छ।

संयुक्त राष्ट्रसंघले गत हप्ता चेतावनी दिदै नयाँ आगमनहरू "बढ्दो" मानवीय आवश्यकताहरू र "दीर्घकालीन" रूपमा बढ्न सक्ने र बजेट अभावले गर्दा समस्या समाधानमा थप जटिलता आउँन सक्ने प्रक्षेपण गरेको थियो ।

कमेन्ट गर्नुहोस्