०५ असार २०८३, शुक्रबार

समाजवादी प्रेस सङ्गठनको प्रथम अधिवेशन काठमाडौँमा

बैशाख १४, २०८०
समाजवादी प्रेस सङ्गठनको प्रथम अधिवेशन काठमाडौँमा

समाजवादी प्रेस सङ्गठन नेपालको आज बसेको सचिवालय बैठकले आगामी जेठ २६ र २७ गते प्रथम अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

सो बैठकले यही वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गर्ने र अद्यावधिक गरेका सदस्यलाई मात्र अधिवेशनमा सहभागी हुन पाउने निर्णय गरेको उपाध्यक्ष प्रकाश खतिवडाले जानकारी दिए ।

बैठकले सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव भूपराज खड्काको संयोजकत्वमा साङ्गठनिक प्रतिवेदन लेखन समिति र कोषाध्यक्ष कृष्णराज गौतमको संयोजकत्वमा आर्थिक प्रबन्ध समिति गठन गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) निकट सङ्गठनले कर्णाली प्रदेशको अधिवेशन यही २० वैशाख गते गर्ने भएको छ । सङ्गठनले अन्य छ प्रदेशको अधिवेशन सम्पन्न गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्