०६ असार २०८३, शनिबार

अयोग्य लडाकुलाई ८० करोड रुपैयाँ बाँड्ने तयारी

बैशाख १५, २०८०
अयोग्य लडाकुलाई ८० करोड रुपैयाँ बाँड्ने तयारी

सरकारले माओवादीका बहिर्गमित (अयोग्य) लडाकुलाई ८० करोड रुपैयाँ बाँड्ने तयारी गरेको छ । करिब ४ हजार अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख रुपियाँका दरले ८० करोड बाँड्न लागिएको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले अयोग्य लडाकुलाई २ लाख रुपियाँका दरले दिनेसम्बन्धी कार्यविधि तयार पारेको मन्त्रालय स्रोतले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं उपसचिव दिलकुमार तामाङले  मन्त्रिपरिषद्को बैठकबाट कार्यविधि बनाएर प्रतिव्यक्ति दुई लाख दिने निर्णय भएअनुसार मन्त्रालयले कार्यविधि बनाएको बताए । गत चैत ६ गते मन्त्रिरिषद्ले कार्यविधि बनाउने निर्णय गरेको र सोहीअनुसार कार्यविधि जारी गर्न अर्थ मन्त्रालयले सहमति दिएको थियो । नेपाल समाचारपत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्