
फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रबार)बाट नेपालमा चारवटा चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् ।
‘प्रसाद २’, ‘नाईं नभन्नू ल ६’, ‘पासाङ : इन द स्याडो अफ एभरेस्ट’ र ‘कैदीको पत्र’ आजबाट प्रदर्शन आएका हुन् ।
जसमध्ये ‘कैदीको पत्र’ क्यूएफएक्सबाहेकका हलमा रिलिज भएको छ ।
मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्सले ‘प्रसाद २’लाई सबैभन्दा बढी शो दिएको छ । सुदर्शन थापा निर्देशित यो चलचित्र सामाजिक कथामा निर्माण भएको हो । त्यस्तै, विकासराज आचार्य निर्देशित चलचित्र ‘नाईं नभन्नु ल ६’ लभस्टोरी र एक्सन जनरामा निर्माण भएको हो ।
‘पासाङ’ भने पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाले कसरी सगरमाथा आरोहण गरिन् भन्ने कथावस्तुमा आधारित डकुमेन्ट्री चलचित्र हो ।
वैशाख १ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘जारी’ भने आजबाट तेस्रो सातामा प्रवेश गरेको छ ।