०६ साउन २०८३, बुधबार

मिस नेपालका प्रतियोगीद्वारा डाबर नेपालको नर्सरी भ्रमण

बैशाख १५, २०८०
मिस नेपालका प्रतियोगीद्वारा डाबर नेपालको नर्सरी भ्रमण

डाबर वाटिका मिस नेपाल २०२३ को उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरुले बनेपास्थित डाबर नेपाल नर्सरीको भ्रमण गरेका छन् । भ्रमणमा प्रतियोगीहरुले विभिन्न वातावरणीय समस्या, त्यसको समाधान र डाबर नेपालको संरक्षण प्रयासको बारेमा जानकारी लिएका थिए । भ्रमणका क्रममा उनीहरुले विश्वस्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरेका थिए ।

डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले प्रकृति र प्राकृतिक प्रजातिको संरक्षणका लागि युवाहरुलाई परिचय गराउन पाएकोमा खुसी लागेको बताएका थिए । डाबरले आयुर्वेदमा विगत एक शताब्दीदेखि काम गर्दै आएको र यसको ज्ञानबाट विश्वभर जडीबुटी, स्वास्थ्य, सौन्दर्य र ब्राण्डहरुको उत्पादन र बजारीकरण गर्दै आएको उनले बताए ।

‘आजका युवाहरु भोलिका कर्णधार हुन् । हामीलाई विश्वास छ, कि प्रतियोगीहरुलाई यस प्रकारको एक्सपोजरबाट उनीहरुले वातावरण र समाजमा सकारात्मक रुपमा योगदान गर्न सक्षम हुनेछन्’ उनले भने ।

डाबर नेपालका मेडिसिनल प्लान्टका प्रमुख अरविन्द राणाले दुर्लभ र लोपोन्मुख जडिबुटीको खेती गर्ने प्राविधिक ज्ञान बाँड्दै इको प्रणालीको संरक्षणमा कम्पनीको योगदान रहेकोमा जोड दिए ।

दुर्लभ र लोपोन्मुख जडिबुटीको संरक्षण गर्दै विभिन्न उत्पादनमा प्रयोग गर्दै आएको डाबर नेपालको बनेपामा अत्याधुनिक प्रविधिसहितको विश्वस्तरीय हरितगृह रहेको छ । नेपालको २४ वटा जिल्लामा संकटग्रस्त प्रजातिको प्रवद्र्घन र खेती गर्दै ५० वटा सहकारीमार्पmत् जडीबुटी खेती गरी किसानहरुको जीविकोपार्जनलाई वैकल्पिक श्रोतको रुपान्तरण दिएको छ ।

डाबर वाटिका नेचुरल्स स्याम्पु यस वर्षको मिस नेपाल प्रतियोगिताको प्रमुख प्रायोजक हो । डाबर वाटिका मिस नेपाल २०२३ को ग्राण्ड फिनाले आगामी मे २७ मा हुँदैछ ।

null

salt training

कमेन्ट गर्नुहोस्