
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शुक्रवार आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई शपथ दिलाएका हुन् ।
दाङ–३ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता चौधरीलाई ८ राजनीतिक दल र १ स्वतन्त्र गरी ५३ सांसदको समर्थन छ ।
संविधानको धारा १६८ को २ अनुसार बिहीवार चौधरी मुख्यमन्त्री नियुक्त भएका थिए । लुम्बिनी प्रदेशमा कांग्रेसको यो पहिलो सरकार हो ।