०९ साउन २०८३, शनिबार

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बीपीको शालिकमा माल्यार्पण

बैशाख १५, २०८०
काठमाडौं
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बीपीको शालिकमा माल्यार्पण

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पोखराको चिप्लेढुङ्गास्थित विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्यार्पण गरेका छन् ।​

बिहीवार प्रदेशको मुख्यमन्त्री नियुक्त भई आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै उनले चिप्लेढुङ्गा पुगी नेपाली कांग्रेसका संस्थापक एवं नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको शालिकमा माल्यार्पण गरेका हुन् ।

मुख्यमन्त्रीसँगै नवनियुक्तमन्त्री सरस्वती अर्याल तिवारीले पनि शालिकमा माल्यापर्ण गरेका थिए ।​

माल्यार्पण समारोहमा कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायतको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्