२५ जेठ २०८३, सोमबार

संसद्को पहिलो लहरमा बसे रवि, स्वर्णिम चौथोमा

बैशाख १५, २०८०
संसद्को पहिलो लहरमा बसे रवि, स्वर्णिम चौथोमा

चितवन– २ बाट पुनः निर्वाचित भएर आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रतिनिधि सभा बैठकमा पहिलो लहरमा बसेका छन् ।

उनीसँगै निर्वाचित भएर आएका स्वर्णिम वाग्ले भने तेस्रो लहरमा बसेका छन् । 

वैशाख १० गते उपनिर्वाचनबाट निर्वाचित भएर आएका लामिछाने र वाग्ले शुक्रवार शपथ गरेर संसद् बैठकमा सहभागी भएका हुन् । पहिलो लहरमा रविसँगै पार्टी उपसभापति डीपी अर्याल बसेका छन् ।

दोस्रो लहरमा काठमाडौंबाट प्रत्यक्ष निर्वाचित सांसद सोविता गौतम र विराजभक्त श्रेष्ठ बसेका छन् । 

ललितपुरबाट निर्वाचित डा. तोसिमा कार्की र चितवन– १ बाट निर्वाचित हरि ढकाल तेस्रो लहरमा बसेका छन् । स्वर्णिम चौथो लहरमा बसेका छन् ।​

नवनिर्वाचित सांसद लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले स्वागत गरेका छन् । 

पहिलो दिनको बैठकमै शून्य समयमा बोल्न पाएका वाग्लेले मतदाताको भावना डगमगाउन नदिने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्