२८ जेठ २०८३, बिहीबार

उच्च मनोबलको नेपाल कमजोर कुवेतसँग भिड्दै

बैशाख १५, २०८०
उच्च मनोबलको नेपाल कमजोर कुवेतसँग भिड्दै

एसीसी प्रिमियर कपमा नेपालले भोलि कुवेतको सामना गर्दैछ । अन्तिम खेलमा कतारलाई पराजित गरेको नेपाल र बलियो हङकङलाई पराजित गरेको कुवेतबीच कीर्तिपुरमा फाइनल प्रवेशका लागि भिडन्त हुन लागेको हो ।

बलियो टोली हङकङलाई कुवेतले पराजित गर्दा नेपाल भने अन्तिम खेलमा कतारसँग धर्मराउँदै जीतसम्म पुगेको थियो ।

पहिले ब्याटिङ गर्दै नेपालले १५७ रनमात्रै जोडेको थियो । कम लक्ष्य दिँदा नेपालले जित्न सक्ने सम्भावना कमजोर बनेकाे थियाे । तर बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल अन्ततः ६८ रनले जित्न सफल भएको थियो ।

कमजोर लक्ष्य दिने क्रममा सन्दीप लामिछानेको ४२ रनै नेपालको सर्वाधिक रन थियो । सन्दीपले ५ विकेट पनि हात पारेपछि नेपाल जीतसम्म पुग्दै तुलनात्मक रुपमा कमजोर तर हङकङलाई पराजित गरेर मनोबल बनाएको कुवेतसँग भेट पक्का गरेको हो । 

समूह चरणमा नेपालले ओमान, मलेसिया र कतारविरुद्ध जित निकाल्दा साउदीसँग क बाँड्दै ७ अंक जोडेको थियो ।

यद्यपी कुवेतभन्दा नेपाल पछिल्ला वर्षयता बलियाे बन्दै अाएकाे छ । 

समूह चरणमा बलियो युएईमाथि जीत हात पारेर पनि हङकङ सेमिफाइनलमा पुग्न सकेन । 

नेपाल कुवेतलाई पराजित गरी फाइनल प्रवेश गरे एसिया कप छनोटको एक खुड्किलो पार गर्नेछ । कुवेतलाई पराजित गरे नेपालले फाइनलमा ओमान र युएईबीचको विजेतासँग खेल्नेछ । फाइनल जिते नेपालले भारत र पाकिस्तान सम्मिलित एसिया कप खेल्न पाउँनेछ । 

नेपाल पछिल्लो समय विश्व लीग २ देखि नै शानदार लयमा छ । 

२०१२ मा एसीसी ट्रफीमा नेपाल कुवेतसँग पराजित भएको थियो । २८१ रनको लक्ष्य दिँदा पनि नेपाल ४ विकेटले पराजित हुन पुगेको थियो । यद्यपी नेपालले युएईसँग बराबरी खेल्दै उपाधि भने अन्ततः बाँड्न पुगेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्