०५ साउन २०८३, मंगलबार

प्रतितिनिधिसभाबाट लक्ष्मी कोइरी महतोको बिरामी बिदा अस्वीकृत

बैशाख १५, २०८०
प्रतितिनिधिसभाबाट लक्ष्मी कोइरी  महतोको बिरामी बिदा अस्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाबाट एमालेका फरार सांसद लक्ष्मी कोइरी महतोको बिरामी बिदा अस्वीकृत भएको छ । कोइरीले आफू बिरामी भएको भन्दै संसद सचिवालयलाई पत्र पठाएअनुसार सभामुखले शुक्रबारको पहिलो बैठकमा पढेर सुनाउँदै स्वीकृत गर्न लागेपछि विवाद भएको थियो । 

सो क्रममा एमालेबाहेकका सांसदहरुले होहल्ला गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुपरेको थियो । पछि दलहरु र सभामुखबीच भएको छलफलमा कोइरीको बिदा अस्वीकृत गर्ने समझदारी बनेपछि राति १० बजे बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुखले यसबारे जानकारी गराएका हुन् । 

उनको बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधिसभाको आगामी अधिवेशनमा कानुन बमोजिम हुने सभामुखले सदनलाई जानकारी गराए । 

सभाले मनोरमा शेरचन, बीना कुमारी थनेत, चन्द्रकान्त भण्डारी, वर्षमान पुनको बिरामी बिदा भने स्वीकृत गरेको छ । 

कमेन्ट गर्नुहोस्