
एसीसी प्रिमियर कपको सेमिफाइनल खेल रोकिएको छ । वर्षाले बिथोलेपछि नेपालले कुवेतविरुद्ध ब्याटिङ गरिरहेको खेल रोकिएको हो ।
२३.३ ओभरमा नेपालले ३ विकेट गुमाएर १४१ रन बनाएको छ ।
कप्तान रोहित पौडेलले ३० र कुशल मल्लले ३२ रन बनाएका छन् ।
वर्षा रोकिएर खेल नै नहुने अवस्था आए पनि नेपाल फाइनलमा पुग्नेछ । किनकी यो कपको समूह चरणमा नेपाल समूह विजेता बन्दै सात अंक जोड्न सफल भएको थियो ।
यद्यपी दिनभरको मौसम हेरेर अन्तिम २० मिनेटसम्म बाँकी हुँदा पनि सुपर ओभरबाट पनि खेलको निर्णय गर्ने प्रक्रिया हुन्छ । खेल नहुँदा भने नेपालले सोझै फाइनल खेल्नेछ ।