असोज ३, २०८०
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
सानामा गोपालको स्वभाव अलि बेढङ्गी थियो । अल्छी त्यत्तिकै, उट्पट्याङ त्यत्तिकै ।
भनिएको नगर्ने, विपरीत खोजीखोजी गर्ने । साँवा अक्षरसम्म चिनाउन पनि कम गाह्रो परेन उसका दाजुलाई । दाजु अक्षर लेखाउन धुलोट लिएर बस्थे, ऊ भागेर बारीको कुनातिर पुगिसकेको हुन्थ्यो लुक्न ।
त्यतिबेला गाउँमा वर्णमालाको किताब पाउन हुनेखानेमै पर्नुपथ्यो । बाँकीले यही पिर्काको धूलो र पातीको छेस्कोले काम चलाउनुपथ्र्यो । १ दिन दाजुले कान समातेर गुन्द्री बसाए र ‘क’ देखि ‘ङ’सम्म लेखी बेलुकासम्म यस्तै लेखेर देखाउने आदेश दिए ।
दाजु पाठ दिएर कामतिर हिँडे, ऊ ठसठस गर्दै त्यस्तै अक्षर लेख्ने प्रयास गर्न थाल्यो तर भइदियो के भने एक हुल परेवा उडेर माथि लेखिएको गुरु अक्षर नै मेटिदियो ।
गोपाललाई निहुँ चाहिएको थियो पाइहाल्यो । बेलुका दाजुले पाठ सोध्दा परेवालाई दोष दिएर उम्कियो । दाजु थिए कडा स्वभावका तर त्यसदिन के भएछ कुन्नि बोलेनन् । त्यसपछि उसले सधैं यही सूत्र प्रयोग गर्ने निधो गर्यो ।
भोलिपल्ट पनि दाजुले हिजोजस्तै पाठ दिएर हिँडे । उसले पनि हिजोकै फर्मुला अपनायो । जबकि त्यसदिन परेवा उडेकै थिएनन् । एवं रीतले केही समय बित्यो ।
केही दिनपछि दाजुले अक्षर चिनाउन खोजे । उनको हातमा रुद्रीको किताब थियो, जसको आवरण पृष्ठमा लेखिएको थियो – पूजा विधिसहित षङ्ग रुद्री । त्यसैको पहिलो अक्षरलाई लिएर सोधे, ‘यो कुन अक्षर हो ?’ उसले सानो स्वरमा भन्यो, ‘पाटी प ।’
दाजुले पुनः सोधे, ‘त्यसमा के द्या’ ख ?’ उसले भन्यो, ‘बर्धन्ने द्या’ ख ।’ दाजुले फेरि सोधे, ‘बर्धन्ने दिँदा के हुन्छ ?’ उत्तर दियो, ‘पु ।’
‘अर्को अक्षर के हो नि ?’ दाजुको अर्को प्रश्न थियो । उसले उत्तर दियो, ‘डाडु ज ।’ त्यसलाई के द्या’ ख नि भन्ने दाजुको प्रश्नमा उसले भन्योे, ‘कान्नानी द्या’ ख ।’ पुनः सोधियो, ‘त्यो दिँदा के हुन्छ ?’ ऊ बोल्यो, ‘जा हुन्छ ।’
जब दाजुले जोडेर भन्न लगाए, तब दाजुलाई छकाउँँदै हिँडेको फल किन मीठो हुन्थ्यो र ! झट्ट उत्तर दियो, ‘पाजा ।’ त्यसपछि दाजुलाई रिसको पारो यतिमाथि पुग्यो कि मार कसेर १ झापु गालामा दिए, जसको कारण गोपालको आँखाबाट आँसु नै चुहियो ।
सायद पिसाब पनि चुहिएको थियो होला, त्यो भने हेक्का राखेन ।
दाजुको झापु खाएपछि बल्ल उसले अक्षर चिन्यो । त्यसपछि चण्डी, रुद्री, अग्निस्थापना पढाउन थालियो । त्यहीबेला गाउँमा केही पर सानो स्कूल खोलिएको थियो । पढाउने काम गाउँकै १ जना दाइले गर्थे । उनले औपचारिक शिक्षा त पाएका थिएनन् तर लेखपढ भने राम्रै गर्थे । घरायसी लेनदेनको कपाली तमसुक गर्नुपर्दा लिखितम धनी नामका काम उनैले गर्दै आएका थिए ।
मसी मट्टीतेलको मोसोलाई तेलमा घोलेर बनाउँथे, लेख्ने साधन बाँसको कप्टेरा । यसो त फाट्टफुट्ट सामान्य खाले कलम चलेको थियो गाउँमा तर त्यो पनि हुनेखानैमै सीमित थियो । जेहोस् उनले लेखपढको काम राम्रै गर्थे । सायद त्यसै भएर होला बालबालिका पढाउने जिम्मा उनैले पाएका थिए ।
उनले गोपाललाई पनि स्कूल पठाउन कर गर्न थाले, गोपालको बालाई तर बा थिए अर्कै स्वभावका । ‘किलास कि गिलास’ भन्थे, यस्ता कुरा सुन्नै चाहँदैन्थे । ज्यादै नै कर गरेपछि रिसाउँदै भने, ‘मेरो छोराले कौमती पढ्छ, सक्छस् पढाउन ?’ उनी पनि के कम, जोसैजोसमा बोले, ‘पठाएर त हेर्नुस् ।’
त्यसपछि बाको मुखमा बुजो लागेछ क्यारे, भोलिपल्ट रुद्रीको पुस्तक दिएर पठाए । विचरा सामान्य लेखपढ गर्न जानेका गाउँले दाइ के गरुन् ? एक त रुद्रीको बाङ्गाटिङ्गा अक्षर, त्यसमाथि जोडिएका । देख्दै तर्सिहाले ।
तैपनि उनको हिम्मतलाई भने मान्नैपर्छ । कनिकुथी एकएक अक्षर गरी कोट्याउन लगाए ।
त्यसपछि किन हो कुन्नि ! सायद अन्य काम राम्रोसँग गर्दैन भन्ने लागेर होला, उसलाई बाँदर कुर्ने कामको जिम्मा दिइयो । तिनताका बेशी खेतमा मकै रोप्ने गरिन्थ्यो तर बाँदरले हैरान पार्ने । चमर पसेदेखि नै कुरेर बस्नुपर्ने हुन्थ्यो । गोपाल बाँदर कुर्न त जान्थ्यो तर दिनभर खेतको कुनामा सुतेर आउँथ्यो । १ दिन गह्राको कुनामा हुट्टिट्याउँको बच्चा फेला पार्यो । सायद आमाको काखबाट छलिएको हुनुपर्छ, राम्ररी आँखा पनि खुलेको थिएन ।
पाउने बित्तिकै उसले एकछिन खेलायो र बाँदर नआओस् भन्दै देवताको नाममा घाँटी रेटेर २ थोपा रगत चढाएर सुत्यो । विचरा अबोध प्राणीलाई मारेको फल किन राम्रो मिल्थ्यो र ? तत्कालै एकहुल बाँदर आएछ र पूरा खेत सखाप पारेर हिँडेछ ।
त्यसपछि गोपाललाई आपत पर्यो । घरमा भने मारिहाल्छन् । त्यसैले बाँदरले कोपरेर फालेको जति उठायो र खोलामा बगाएर घरतिर लाग्यो । यसरी तत्कालको गाली त टार्यो तर यस्ता कुरा टार्न खोजेर कहाँ टथ्र्यो र ? भोलिपल्टै बा र दाइले थाहा पाइहाले । त्यसपछि नसिहत स्वरूप खेतको छेउकुना खन्ने काम लगाइदिए उसलाई । गाउँका खेतका गह्रा प्रायः सानै हुन्छन् । कुनै त यस्ता सुर्का पनि हुन्छन्, जसमा गोरु नै लाग्दैन । यस्तोमा हातैले खन्नुपर्ने हुन्छ । गोरु लाग्ने गह्राको पनि छेउकुना हातले नखनी हुँदैन ।
गोपाल बिहान भात खाएर खेत खन्न त जान्थ्यो तर दिनभर सुतेर बेलुका फर्कन्थ्यो ।
खेत खन्ने काम समेत राम्रोसँग नगरेपछि कर्मकाण्ड गर्ने कामको जिम्मा दिइयो । त्यतिबेलासम्म कनिकुथी, न्वारन, पास्नी, तिथि श्राद्ध र सत्यनारायणको पूजासम्म गराउन सक्ने भएको थियो तर त्यो काम पनि ढंगले गरेन । न्वारन गर्न जाँदा नाम राख्नै बिर्सिदिन्थ्यो । श्राद्ध गर्न जाँदा पिण्डदान गर्न । यजमानहरू सिकायत गर्दैमा हैरान ।
यसरी सबैतिरबाट हैरानी व्यहोर्नुपरेपछि घरपरिवारले वास्ता गर्न छाडे । त्यसपछि ऊ फुक्काफाल भयो । दिनभर बाघचाल र डन्डी बियो खेलेर बिताउँथ्यो र बेलुका लुसुक्क घर आउँथ्यो । विचरी आमा धर्मसंकटमा पर्र्थिन् । जस्तो भए पनि छोरो आफ्नै । आमाको मन किन मान्थ्यो र ? लुकीछिपी २ गाँस खान दिन्थिन् । ऊ खाएर मस्तले निदाउँथ्यो ।
यसरी उसले सानो छँदा बुवाआमा र दाजुलाई सताएर जुन फाइदा लिएको थियो, पछि गएर त्यसको फल उसैले भोग्नुपर्यो । जता गए पनि असफल र हैरानी खेप्नुबाहेक हात लागी केही भएन । त्यसपछि उसको होश त आयो तर त्यतिबेलासम्म निकै अबेर भइसकेको थियो । फलतः उसको भागमा पश्चात्ताप गर्नुबाहेक केही बाँकी रहेन ।
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...