×

NMB BANK
NIC ASIA

प्रेरणादायी महिला

सुगन्धित तेल युरोप निर्यात गरेर महिलाहरू गाउँघरमै स्वरोजगार

बैशाख १६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पश्चिम नवलपरासीको बर्दघाटस्थित लालीगुराँस जडीबुटी कृषक समूहका सचिव मनकुमारी खत्री चिसापानी सामुदायिक वनमा जडीबुटी लगाउन तल्लिन हुन्छिन् । खत्री सहितको समूहले सिट्रोनेला र लेमन ग्रास जडिबुटी लगाएका छन् । यी जडीबुटीले निर्यातको प्रचुर सम्भावना बोकेका छन् ।

Muktinath Bank

सिट्रोनेलाबाट सुगन्धित तेल बन्छ भने लेमनग्रासबाट भिक्स लगायत विभिन्न हर्बलका सामग्री बनाइन्छ । मनकुमारी सहित समूहका १६ जना महिलाले उत्पादन गरेको जडीबुटी युरोप/अमेरिकामा महंगो वास्नादार ‘वेयल’ बनाउन निर्यात हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले झण्डै १० वर्षअघिदेखि यो जडीबुटी लगाउन थालेका थिए । ‘केही बाँझो जग्गा भाडामा लिएर र चिसापानी सामुदायिक वनको केही जग्गा लिएर जडीबुटी लगाएका छौं,’ मनकुमारी भन्छिन्, ‘तर मौसमले राम्रो साथ नदिँदा सोचेजस्तो अझै उत्पादन गर्न सकेका छैनौं ।’


Advertisment
Nabil box
Kumari

सिट्रोनेला र लेमन ग्रासबाट लालीगुराँस समूहले वर्षमा १७० लिटर तेल उत्पादन गर्छ । सिट्रोनेला प्रतिलिटर २ हजार ५०० र लेमनग्रास प्रतिलिटर २ हजार २०० रुपैयाँमा विक्री हुँदै आएको छ । सहज र उर्वर भूमिको आवश्यकता नपर्ने भएकाले सिट्रोनेला खेती गरिएको उनी बताउँछन् ।

Vianet communication
Laxmi Bank

बिरूवा रोपेको ६ महिनादेखि १ वर्षमा उत्पादन शुरू हुन्छ । वर्षको ३ पटकसम्म उत्पादन लिन सकिने यो जडीबुटीको आयु २५ वर्षसम्म हुन्छ । अहिले सिट्रोनेला खेतीका लागि आवश्यक पूर्वाधार निर्माण र खेती विस्तारका लागि धेरैलाई प्रोत्साहन पनि गरिएको छ ।

चिसापानी सामुदायिक वनमा अहिले २० हेक्टरमा सिट्रोनेला लगाइएको छ । वनका अध्यक्ष होमबहादुर गुरूङका अनुसार सिट्रोनेलाबाट ३/३ महिनामा उत्पादन लिइन्छ । उपभोक्ताको आर्थाेपार्जनका लागि वनले सिट्रोनेला जडीबुटीको खेती शुरू गरेको हो । 

सिटोनेला सिरू घाँस जस्तै हुन्छ । यसलाई बफाएर (स्टीम) गरेर तेल निकालिन्छ । महिला र वनले उत्पादन गरेको कच्चा तेल हिमालयन ट्रेड लिमिटेड (एचबीटीए) ले खरिद गरी युरोप/अमेरिकातिर निर्यात गर्छ ।

‘हामीलाई बजारको समस्या छैन,’ अध्यक्ष गुरूङ भन्छन्, ‘तर क्लाइमेट चेन्ज (जलवायु परिवर्तन) ले गर्दा यो हिउँदमा पानी परेर वर्षमा ३ पटक उत्पादन गर्न सक्ने भए पनि अहिले १ पटक मात्र काट्न पाइयो ।’ यो जडीबुटी जंगली जनावरले पनि खाँदैनन् ।

वातावरणलाई हरियाली राख्ने, ग्रामीण जीवनस्तरमा सुधार ल्याउन र राष्ट्रिय समृद्धिको लक्ष्य हाँसिल गर्नका लागि टेवा पुर्‍याउन जडीबुटी उत्पादन गर्ने समूहलाई राज्यका ३ तहकै सरकारबाट प्रोत्साहन हुनुपर्ने अध्यक्ष गुरूङ बताउँछन् । सिट्रोनेला खेती गरेबापत सामुदायिक वनले महिलाहरूसँग कुनै शुल्क लिँदैन, बरू सामुदायिक वन उपभोक्ता समूहले विभिन्न संघसंस्थासँग सहकार्य गरेर महिलाहरूले उत्पादन गरेको प्रशोधित तेललाई बजारसम्म पुर्‍याउन सहयोग गरेको छ ।

त्यति मात्र नभई प्रशोधनका लागि आवश्यक उपकरणको व्यवस्था पनि गरिदिएको छ । सामुदायिक वन परिसरमै प्रशोधन उपकरण जडान गरिएको छ ।

समूहका अध्यक्ष सरस्वती सुनार खाद्य बाली उत्पादन गर्नुभन्दा जडीबुटी खेती गर्दा राम्रो रहेको बताउँछिन् । सिट्रोनेला एक बाह्रमासे सुगन्धित जडीबुटी हो । यसको पातबाट सुगन्धित तेल निकालिन्छ । यो एक यस्तो व्यावसायिक बाली हो, जसले कम लागतमा उच्च प्रतिफल दिने अध्यक्ष सुनार बताउँछिन् । यसको खेतीले जमिन सुधारमा महत्त्वपूर्ण भूमिका निभाउँछ भने बालीमा कीरा र रोगको प्रकोप कम हुन्छ । सिट्रोनेला बाली लगाएपछि यसले राम्रो घाँस उत्पादन र ५ वर्षसम्म पर्याप्त तेल दिन्छ । त्यसपछि तेलको मात्रा कम हुने सरस्वती बताउँछिन् । 

कार्बन्डाइअक्साइड ग्यासको संश्लेषण गर्ने एक मात्र विकल्प रूख भएकाले संरक्षणबाटै आर्थिक उपार्जन पनि गर्न सामुदायिक वनलाई सहयोग गरिरहेको छ । ‘प्राकृतिक चिकित्सा क्षेत्रमा पनि यसको उच्च मूल्य छ । शुरूशुरूमा धेरै आम्दानी गर्न नसके पनि यो विशेष बालीबाट दीर्घकालसम्म राम्रो लाभ लिन सक्ने गरी हामी काममा जुटेका छौं,’ सरस्वती भन्छिन् । 

उचित माटोको छनोट, मौसमी अवस्था, बिरूवा रोप्ने विधि, सिट्रोनेला प्रजातिको प्रकार, मलको उचित प्रयोग र फसल काट्न विचार गर्नु आवश्यक रहेको गुरूङ बताउँछन् । ‘सिट्रोनेला खेती गर्ने तरिका र उपायहरूले राम्रो उत्पादन र पातहरूबाट राम्रो तेल ‘रिकभरी’ दिन्छ,’ उनले भने । सुगन्धित तेलमा सिट्रल पाइने भएकाले कागती जस्तो गन्ध आउने अध्यक्ष गुरूङको भनाइ छ ।

‘देश तथा विदेशमा यी जडीबुटीको माग उच्च रहेको छ,’ सुनार भन्छिन्, ‘प्रशोधन गरेको पदार्थ विभिन्न उच्चस्तरका अत्तर तथा परफ्युम निर्माणमा प्रयोग हुने गरेको छ ।’

जडीबुटीलाई सुगन्धका लागि उच्च ब्राण्डका पेय पदार्थमा पनि प्रयोग गर्न विदेशमा ठूलो माग रहेको छ तर लक्ष्य अनुसार पनि उत्पादन हुन सकेको छैन । मल, बिउ, सिँचाइको उचित प्रबन्ध गरी खेती गर्न सकेमा वार्षिक लाखौं कमाइ गर्न सकिने सुनार बताउँछिन् ।

रोजगारी सिर्जना हुने र आम्दानी हुने यस्ता क्षेत्रमा सरकारको ध्यान जान सकेको देखिँदैन । वन भन्ने बित्तिकै काठ उत्पादनलाई मात्र हेर्ने चलनलाई बदलेर खेती सोच पनि राख्नुपर्ने सुनारको भनाइ छ । नेपालबाट उत्पादित यस्ता वस्तु ब्राण्डका रूपमा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सहयोग गर्ने उनी बताउँछिन् ।

चिसापानीमा जस्तै नवलपरासीका थप १० वटा सामुदायिक वनमा पनि वन उद्यमको काम शुरू गरेका छन् । त्यसमध्ये बर्दघाटस्थित सीतापोखरी सामुदायिक वनका महिलाले वनमा लेमनग्रास लगाउन शुरू गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x