
एसीसी प्रिमियर कपमा फाइनल प्रवेशका लागि भइरहेको खेलमा नेपालका कप्तान रोहित पौडेलले कुवेतविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
वर्षाले दुईपटक रोकिएर ४२ ओभरमा छोट्याएको खेलमा रोहितले ५६ बलमा ५० र पूरा गर्दै अर्धशतक प्रहार गरेका हुन् ।
अर्धशतक हान्ने क्रममा रोहितले एक छक्का र ४ चौका प्रहार गरे ।
नेपालले २८ ओभरमा १८२ रन बनाएकाे छ ।