२७ जेठ २०८३, बुधबार

नेपाललाई ठूलो झट्का, ४४ बलमा ५७ रन बनाएका कुशल आउट

बैशाख १६, २०८०
नेपाललाई ठूलो झट्का, ४४ बलमा ५७ रन बनाएका कुशल आउट

एसीसी प्रिमियर कपको ओभर छोट्याइएको सेमिफाइनल खेलमा कुशल मल्ल अर्धशतक प्रहार गरेपछि आउट भएका छन् । कुशल ४४ बलमा ५७ रन बनाउँदा क्याचआउट भएका हुन् । कुशलले चार छक्का र चार चाैका प्रहार गरे । 

५० ओभरबाट खेल ४२ ओभरमा छोट्याउँदा नेपाललाई अब ठूला सट खेल्दै रन बढाउनुपर्ने दबाब छ ।

यसैले आक्रामक बाउन्ड्री प्रहार गर्ने कुशल आउट भएपछि नेपाललाई ठूलो धक्का लागेको हो । किनकी नेपालले वर्षाले खेल बिथोल्दा २३.२ ओभर खेलिसकेको थियो । 
 

वर्षाले दुईपटक बिथोलेको खेल ४२ ओभरमा झारेर शुरू गरिएपछि कप्तान रोहित पौडेल र कुशल दुवैले अर्धशतक प्रहार गरेका छन् ।

नेपालले २९ ओभरमा ४ विकेट क्षतिमा १९० रन कटाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्