०३ साउन २०८३, आइतबार

भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद स्वीकार्य छैन : विश्वप्रकाश शर्मा

बैशाख १६, २०८०
भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद स्वीकार्य छैन : विश्वप्रकाश शर्मा

सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने सरकारको प्रस्ताव स्वीकार्य नहुने बताएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले संसद्‍मा पेश गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा प्रस्ताव गरिएको पाँच वर्षे हदम्याद आफूहरूलाई स्वीकार्य नहुने बताएका हुन् । भ्रष्टहरूलाई उन्मुक्ति दिनेगरी हदम्यादको कुरा राख्न नहुने उनको भनाइ छ । 

भ्रष्टाचारीलाई कडा कारबाही गर्न पनि सरकारलाई उनले सचेत गराए । ‘भ्रष्टाचार गरेको मान्छेले पाँच वर्ष सजायको घेरामा पर्ने नाममा उन्मुक्ति पाउनुपर्ने । राख्ने नै हो भने हदम्याद २५ वर्षको राखौं', भने, 'तर कडिकडाउसँग भ्रष्टाचार गरेको मान्छेलाई कठघरामा ल्याएर राज्यले कानुनी कारबाही  गर्नुपर्छ । भ्रष्टाचार निवारण ऐनमा पाँच वर्षे हदम्याद राखिने कुरा यो हामीलाई स्वीकार्य छैन ।यो देशलाई पनि स्वीकार्य छैन ।’

salt training

कमेन्ट गर्नुहोस्