३१ जेठ २०८३, आइतबार

छोराको हत्या गरेर आत्मसमर्पण

बैशाख १६, २०८०
छोराको हत्या गरेर आत्मसमर्पण

धनगढीमा एक व्यक्तिले आफ्नै छोराको हत्या गरेर जिल्ला प्रहरी कार्यालय कैलालीमा आत्मसमर्पण गरेका छन् ।  

धनगढी उपमहानगरपालिका ६ को मट्यारीका ४५ वर्षीय महेशकुमार चौधरीले २१ वर्षीय छोरा अर्जुनको हत्या गरेर जिल्ला प्रहरी कार्यालय कैलालीमा आत्मसमर्पण गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) श्याम चौधरीकाअनुसार उनले शनिवार बिहान छोराको टाउकोमा इँटा प्रहार गरेर हत्या गरेको स्वीकार गरेका थिए । तर उनले हत्या गर्नुको कारण भने खुलेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्