२३ असार २०८३, मंगलबार

केजरीवालले मुख्यमन्त्री आवास सौन्दर्यीकरणमा ७२ करोड खर्च गरेको आरोप, ९६ लाखको टीभी खरिद !

बैशाख १६, २०८०
केजरीवालले मुख्यमन्त्री आवास सौन्दर्यीकरणमा ७२ करोड खर्च गरेको आरोप, ९६ लाखको टीभी खरिद !

भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सरकारी निवास सौन्दर्यीकरणमा ७२ करोड रुपैयाँ खर्च गरेको आरोप लागेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार केजरीवालले निवासमा फजुल खर्च गरेको आरोपमा जाँच गर्न एलजी वीके सक्सेनाले आदेश दिएका छन् । एलजी कार्यालयका प्रिन्सिपल सेक्रेटरीले मुख्य सचिवलाई फजुल खर्चको मामिलामा सबै दस्तावेज सुरक्षित राखेर १५ दिनभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।

कोरोना महामारीका कारण आर्थिक मन्दी रहेका बेला १ सेप्टेम्बर २०२० देखि ३० डिसेम्बर २०२१ को १६ महिनाको अवधिमा कोरोनाले आर्थिक मन्दी छाएको थियो । आर्थिक मन्दीकै कारण विकास गतिविधिदेखि राहत कार्यक्रममा कटौती गरिएको थियो तर केजरीवालले सोही अवधिमै मुख्यमन्त्री निवास सौन्दर्यीकरणमा फजुल खर्च गरेको आरोप लागेको छ ।

भारतीय जनता पार्टी (भाजपा) दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले सौन्दर्यीकरणमा करोडौं रुपैयाँ खर्च भएको आरोप लगाए । ‘आज ११ करोडमा त दिल्लीमा भव्य महल बनिहाल्छ, मुख्यमन्त्री केजरीवालले यतिधेरै खर्च गरेर के बनाए ?’ उनले प्रश्न गरे । समाचारअनुसार बिजुली जडानमा ४ करोड, भान्सामा डेढ करोड रुपैयाँ खर्च गरिएको छ ।

समाचारअनुसार केजरीवालले निवासमा टीभी खरिदमै ९६ लाख रुपैयाँ खर्च गरेका छन्, जसमा १० टीभी खरिद गरिएको छ । ‘केजरीवालको सरकारी निवासमा हरेक चिज खरिदमा घोटाला भएको छ, छानबिन हुनुपर्छ,’ भाजपा प्रदेश प्रवक्ता हरीश खुरानाले भने । 

salt training

कमेन्ट गर्नुहोस्