१५ असार २०८३, सोमबार

काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

बैशाख १६, २०८०
काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा
प्रतिकात्मक तस्वीर

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौं उपत्यकासहित देशका आधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौंमा विगत २ घण्टादेखि मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । अहिले कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ । 

पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले शनिवार र आइतवार बदलीसँगै वर्षा गराउने उनले बताए ।

रातिको समयमा पनि देशका पहाडी क्षेत्रमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्