१० साउन २०८३, आइतबार

यी क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

बैशाख १७, २०८०
यी क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
प्रतिकात्मक तस्वीर

मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

आइतवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले मेघगर्जन, चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भूभागका १/२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आइतवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतवार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

सोमवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशका १–२ स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

सोमवार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलवार राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्