
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटललाई ९ रनले हराउँदै सनराइजर्स हैदराबादले जितेको छ ।
शनिवार राति भएको ४०औं खेलमा दिल्लीलाई हराउँदै हैदराबादले यो सिजनको तेस्रो जीत हासिल गरेको छ ।
शुरूआती ब्याटिङ गर्दै हैदराबादले १९७ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको दिल्लीले १८८ रन मात्रै बनाउन सक्यो ।
पछिल्लो जीतसँगै हैदराबाद अंकतालिकाको नवौं स्थानबाट आठौं स्थानमा उक्लिएको छ ।