×

NMB BANK
NIC ASIA

विद्यालयको नाममा ‘इन्टरनेसनल’ जोड्न चाहेमा कम्तीमा एकतिहाइ विदेशी विद्यार्थी हुनुपर्छ : मेयर शाह

बैशाख १७, २०८०

NTC
Premier Steels

काठमाडौं महानगरपालिकाले कुनै संस्थागत विद्यालयले आफ्नो नाममा ‘इन्टरनेसनल’ शब्द जोड्न चाहेमा कम्तीमा एकतिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्ने नियम कार्यान्वयन गर्ने भएको छ ।

Muktinath Bank

आइतवार बिहान सामाजिक सञ्जालमार्फत मेयर बालेन्द्र शाहले काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ ले विद्यालयको नाम र चिह्नका बारेमा एकरुपता ल्याउन खोजेकोबारे जानकारी दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नियम ६९ मा विद्यालयको चिह्न षट्कोणको हुने र विद्यालय व्यवस्थापन समितिले निर्णय गरी षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिह्न राख्न सक्ने उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

नियम ७० को उपनियम (१) मा समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने उल्लेख छ । नियम प्रारम्भ हुनुभन्दा अगावै यस नियमविपरीत नामाकरण भइसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको शुरूदेखि नै लागू हुने गरी पुनः नामकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने जनाइएको छ । 

Vianet communication

उपनियम (२) मा कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एकतिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्ने, कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेसनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्ने र कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शब्द जोड्न चाहेमा कम्तीमा एकतिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्ने तथा विद्यालयको नामको अन्त्यमा विद्यालय, स्कूल वा पाठशाला शब्द जोडिएको हुनुपर्ने उल्लेख छ । 

उपनियम लागू हुनुअगावै नियम विपरीतका शब्दहरू जोडेर नामकरण भइसकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोस्रो शैक्षिक सत्रको शुरूदेखि नै लागू हुने गरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामकरण गर्नुपर्ने जनाइएको छ ।

यी नियमको पालना गर्दै विद्यालयको चिह्न र नाममा एकरूपता ल्याएर मौलिक र मापदण्ड अनुरूप रहन मेयर शाहले आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘नियमको पालना नभएको खण्डमा कानूनी कारबाही गर्न महानगर बाध्य हुने व्यहोरा जानकारी गराउँदछौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x