२३ जेठ २०८३, शनिबार

दीपिकासँग जोरी खोज्दै कंगना, पारिश्रमिक बढाइन्

कात्तिक २०, २०७४
दीपिकासँग जोरी खोज्दै कंगना, पारिश्रमिक बढाइन्
काठमाडौं, २४ मंसिर — दीपिका पादुकोणका बारेमा प्रशंसाका बाढी आइरहेका बेला उनकी प्रतिस्पर्धी कंगना रनावतले उनलाई पारिश्रमिकका विषयमा चुनौती दिएकी छिन् ।

Deepika-Kangana
दीपिकाको बलिउडकी सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीका रूपमा चर्चा चलेपछि कंगनाले भाउ बढाएकी छिन् । दीपिकाले पद्मावतीका लागि १३ करोड रुपैयाँ लिने हल्ला चलेपछि कंगनाले आगामी फिल्मका लागि १५ करोड रुपैयाँ लिने भएकी छिन् ।

दीपिकालाई तल पार्नैका लागि उनले निर्माताहरूलाई कस्ने निर्णय गरेको हल्ला चलेको छ ।

दीपिका र कंगनाको शीतयुद्ध लामो समयदेखि चल्दै आइरहेको छ । दीपिकाले बेस्ट एक्ट्रेस अवार्ड कंगनालाई समर्पण गरेपनि कंगनालाई फोन गरेर प्रशंसा समेत गरिनन् ।

अमिताभ बच्चन, सलमान खान, आमिर खान र प्रियंका चोपडाले फोन गरेर बधाई दिँदा दीपिकाले फोन नगरेकोमा कंगनाको चित्त दुखाई थियो ।

तर पछि उनले कंगनालाई फोन गरेर कुरा प्रस्ट पारिन् । यसका बारेमा कंगनाले मिडियासँग कुरा गर्दा भने दीपिका रिसाइन् ।

बलिउड लाइफ

salt training

कमेन्ट गर्नुहोस्