
एक लाख रूपैयाँ घुस रकमसहित पक्राउ परेका ललितपुर महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उनीविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।
शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा अख्तियारले पौडेललाई पक्राउ गरेको थियो ।