
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका–५, आँधीखोलामा ट्रकले घरमा ठक्कर दिँदा घाइते भएका आठमध्ये तीन जनाको ज्यान गएको छ । दुर्घटनामा घाइते भएका उनीहरूलाई उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाएकोमा तीन जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार ज्यान गुमाउनेमा तनहुँ बन्दिपुर गाउँपालिका-१ बस्ने १२ वर्षीय आयुस भुजेल, ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षका सनबहादुर भुजेल रहेका छन् ।
आज बिहान ना ४ ख १९७३ नम्बरको बुधवार बिहान विद्यालय जान तयार भएका बालबालिका जम्मा भएको घरलाई ट्रकले ठक्कर दिएको थियो ।
पाँच जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।