२८ असार २०८३, आइतबार
नक्कली शरणार्थी प्रकरण

सचिव पाण्डेलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

बैशाख २०, २०८०
सचिव पाण्डेलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

नक्कली भुटानी शरणार्थी खडा गरी अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले ३ दिनको म्याद दिएको काठमाडौं प्रहरी परिसरका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए । 

उपराष्ट्रपति कार्यालयमा दरबन्दी रहेका सचिव पाण्डेमाथि आजैदेखि बयान लिने प्रहरीको तयारी छ ।

गृहसचिव रहेको समयमा आर्थिक लाभ लिएर नक्कली शरणार्थी बनाई अमेरिका पठाउने धन्दामा सघाएको आरोपमा उनी बुधवार पक्राउ परेका हुन् । बालकृष्ण खाण गृहमन्त्री रहेको समयमा पाण्डे सचिव थिए । 

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई हिजै पक्राउ परेका थिए ।

पूर्वमन्त्री एवं सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्