
सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले झापाबाट १५ लाख ८६ हजार २३४ रूपैयाँ बराबरको स्याउ बरामद गरेको छ ।
एपीएफको टोलीले कचनकवल गाउँपालिका ४ लोदावारी चोकमा मे १ ज २८०४ नम्बरको योद्धा पिकअप गाडीमा ३ लाख ९३ हजार २५० बराबरको ११५ कार्टुन फुजी स्याउ बरामद गरेको हो ।
उक्त स्याउ र अन्दाजी ५ लाख मूल्य बराबरको योद्धा पिकअप गाडीसमेत बरामद गरी आवश्यक अनुसन्धानको लागि मंगलवार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको एपीएफले जनाएको छ ।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल झापाको सोही टोलीले कचनकवल गाउँपालिका ४ लोदावारीस्थित एक गोदाममा स्याउ स्टोर गरी राखेको विशेष सूचनाको आधारमा सोमवार ७ लाख ९२ हजार ९८४ बराबरको ४५६ कार्टुन अवैध चाइनिज फुजी स्याउ बरामद गरी आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालयमा इटहरीमा बुझाइएको एपीएफले जनाएको छ ।