३२ असार २०८३, बिहीबार
मन्त्रिपरिषद् विस्तार

प्रचण्ड सरकारमा थपिए तीन मन्त्री, कानूनमा धनराज, स्वास्थ्यमा मोहन बस्नेत

बैशाख २०, २०८०
प्रचण्ड सरकारमा थपिए तीन मन्त्री, कानूनमा धनराज, स्वास्थ्यमा मोहन बस्नेत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन मन्त्री थपिएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानून न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त गरेका छन् ।

यस्तै मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिएका छन् ।

नवौ पटक विस्तार हुँदा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन ।

वन तथा वातावरण र खानेपानी अझै पनि प्रचण्डले राखेका छन् । वन मन्त्रालय जसपाको भागमा परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्