२४ जेठ २०८३, आइतबार

मन्त्री साउद भोलि बेलायत जाने

बैशाख २०, २०८०
मन्त्री साउद भोलि बेलायत जाने

परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन भोलि त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले आज जनाएको हो ।

सो अवसरमा उनी अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनेछन् ।

परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने तालिका छ ।

salt training

कमेन्ट गर्नुहोस्