
सर्बियाको राजधानी बेलग्रेडको एक विद्यालयमा बुधबार भएको गोलीकाण्डमा परी आठ विद्यार्थी र एक सुरक्षाकर्मीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
यस घटनाले बाल्कन राष्ट्रलाई तर्साएको छ । दशकौंदेखि यति ठूलो परिमाणमा स्कूलमा गोली चलेको थिएन ।
स्थानीय समयअनुसार बिहान ८ः४० बजे बेलग्रेडको व्राकर जिल्लामा रहेको एक प्राथमिक विद्यालयमा गोली चलेको थियो ।
विद्यालय बाहिर कुरेर बसिरहेका विद्यार्थीहरू व्याकुल देखिएका कारण अभिभावकहरू घटनास्थलमा पुगेपछि प्रहरीले छिमेक सिल गर्न तुरुन्तै कदम चालेको थियो ।
“घटनामा आठ बालबालिका र एक सुरक्षा गार्डको मृत्यु भएको छ भने छ बालबालिका र एक शिक्षक घाइते भएका छन्,” गृह मन्त्रालयले भनेको छ ।
सबै प्रहरी बलहरू अझै पनि घटनास्थलमा छन् र यस त्रासदीको कारणबारे सबै तथ्य र परिस्थितिहरू प्रकाश पार्ने काम गरिरहेका छन् ।