
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीवारको प्रदेशसभा बैठकमा विश्वासको मत मागेका छन् ।
उनले संविधानको धारा १६८ (४) अनुसार विश्वासको मत मागेका हुन् । अब संसदमा रहेका दलले उक्त प्रस्तावमाथि आ–आफ्नो धारणा राख्ने छन् । त्यसपछि मत विभाजन हुनेछ ।
६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादीका ७ र एकीकृत समाजवादीका एक गरेर ३५ जना पाण्डेको पक्षमा छन् ।
पाण्डे गत वैशाख १४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।