३२ असार २०८३, बिहीबार

भारतको मणिपुरमा किन फैलियो हिंसा ?

बैशाख २१, २०८०
भारतको मणिपुरमा किन फैलियो हिंसा ?

भारतको पूर्वोत्तर राज्य मणिपुरमा हिंसा फैलिएपछि सेना र अर्धसैनिक बलहरूलाई शान्तिबहालीका लागि तैनाथ गरिएको छ । 

त्यहाँको भाजपा सरकारलाई मणिपुर उच्च अदालतले अप्रिल महिनामा मेइतीहरूलाई अनुसूचित जातिमा राख्न निर्देशन दिएपछि विरोध प्रदर्शन भएको थियो । 

मेइती समुदायले मणिपुरको कुल जनसंख्याको ५३ प्रतिशत हिस्सा ओगटेको छ । तर त्यो राज्यको लगभग १० प्रतिशत भूभागमा समेटिएको छ । 

आदिवासीहरू चाहिँ कुल जनसंख्याको ५० प्रतिशतभन्दा कम भए पनि राज्यको ९० प्रतिशत भूभागमा बस्छन् । 

मेइतीहरूले ६० सदस्यीय विधानसभाको दुईतिहाइ भाग ओगटेका छन् । 

म्यान्मारी र बंगलादेशीहरू व्यापक रूपमा अवैध आप्रवासनमा आएकाले आफूहरूलाई गाह्रो परिरहेको मेइतीहरू बताउँछन् । आफूलाई अनुसूचित जातिमा यही कारणले गर्दा राख्नुपर्ने उनीहरूको तर्क छ । 

तर नागा, जोमी र कुकी जस्ता आदिवासी समुदायहरूले यसको विरोध गर्दै हिंस्रक प्रदर्शन गरिरहेका छन् । 

हिजै मात्र मेइती समुदाय र अन्य आदिवासीहरूबीच चुराचन्दपुरमा झडप भएको थियो । अल ट्राइबल स्टुडेन्ट युनियनले निकालेको विरोध जुलुस जाँदै गर्दा झडप भएको हो । 

प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर बनाउन अश्रूग्यास प्रहार गरेको थियो । कतिपय गैरआदिवासी क्षेत्रमा कर्फ्यु लगाइएको छ । 

हिंसा प्रभावित क्षेत्रबाट ७५ सयभन्दा बढी सर्वसाधारणलाई सेना र असम राइफल्सका जवानहरूले उद्धार गरेका छन् । 

मणिपुरका मुख्यमन्त्री एन बीरेन सिंहले शान्तिका लागि आह्वान गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्