कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ।
यस्तै आलु रातोको ३० रुपैयाँ, आलु सेतोको २५ रुपैयाँ, काउली स्थानीयको ५० रुपैयाँ, भण्टा डल्लोको ६० रुपैयाँ, मटरकोसाको ९० रुपैयाँ रहेको छ ।
यसैगरी लौकोको ४०, चिचिण्डोको ५०, भिण्डीको १००, कुरिलोको ३५०, ब्रोकाउलीको १२० रुपैयाँ कायम भएको छ भने अनारको प्रतिकिलो अधिकतम मूल्य ३०० रुपैयाँ छ ।
मूल्यसूची विस्तृतमाः
