
घरबार केही नभएकी महिला एकाएक करोडपति बनिन् भनेको सुन्दा पत्यार लाग्दैन तर अमेरिकामा यस्तै घटना भएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार अमेरिकाका क्यालिफोर्निया राज्य टलरीले चिट्ठाको विजेता घोषणा गर्दा पिट्सवर्ग निवासी लुसिया फोर्सेथको नाम सार्वजनिक भयो ।
बाहिरबाट सुन्दा उनलाई चिट्ठा जितेको खबरमा विश्वास भएन तर उनले लटरी कार्यालयमै सम्पर्क गरेर आफूले ६५ करोडको चिट्ठा जितेको पुष्टि गरिन् ।
उनले भनिन्, ‘६ वर्षदेखि म बेघर थिएँ, यसै वर्ष मेरो विवाह हुँदैछ । पढाइ पनि स्नातकसम्म गरेकी छु र यसैपालि चिट्ठा पनि परेको छ । म धेरै खुशी छु ।’
आफूले यतिधेरै रकम जित्नेबारे कहिल्यै नसोचेको उनले बताइन् । ‘मैले आँखा बन्द गरेर लटरीको एक टिकट खरिद गरेकी थिएँ तर मैले नै जितेछु,’ उनले भनिन् ।