
डेब्यू म्युजिक भिडियो ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल कुशुम शर्माको नयाँ गीत सार्वजनिक भएको छ ।
शुक्रवार उनको अभिनय रहेको ‘जानी मायाले’ शीर्षकको गीत सार्वजनिक गरिएको हो ।
यो गीतमा हरी गिरी विमर्शी र निशा रणपालको स्वर छ । हरि गिरी विमर्शीकै शब्द एवं संगीत रहेको गीतलाई कृष्ण केसीले एरेन्ज गरेका हुन् ।
रामजी लामिछानेको निर्देशनमा तयार भिडियोमा कुशुम सुनिल बि.क.सँग प्रस्तुत छिन् ।
परिवार, देश, नवविवाहिता श्रीमती छाडेर वाध्यताले मुग्लान जानेहरूको कथा गीत र भिडियोमा पेस गरिएको छ ।
मानकृष्ण महर्जनको छायांकन रहेको भिडियो बन्दे प्रसादको सम्पादनपछि युट्युबमा सार्वजनिक गरिएको हो ।
भिडियोले युट्युबमा दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।