०९ असार २०८३, मंगलबार

रुप्से झरना हेर्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु

बैशाख २३, २०८०
रुप्से झरना हेर्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर आज एक जनाको मृत्यु भएको छ ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय वसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका प्रहरी निरीक्षक किरण लामाका अनुसार ढुङ्गाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भण्डारीलाई बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बेनी–जोमसोम सडक अन्तर्गत पर्ने रुप्से झरना अवलोकन गर्ने क्रममा भण्डारी टेकेको ढुङ्गाबाट चिप्लिएर खसेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्