०७ असार २०८३, आइतबार

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

बैशाख २३, २०८०
रुखको हाँगाले लागेर एक जनाको मृत्यु

कञ्चनपुरको सामुदायिक वनमा दाउरा खोज्न हिँडेका एक जनाको मृत्यु भएको छ । रुखको हाँगाले लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको हो ।

गाउँलेसित स्थानीय बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न हिँडेका डगौरालाई रुखको हाँगा खसेर टाउकोमा चोट लागेको थियो । 

उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुर्‍याउँदा उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । 

हाँगा लागेर डगौराको टाउकोमा चोट लागेको थियो ।

घटनापछि इलाका प्रहरी कार्यालय झलारीका प्रमुख सूर्यबहादुर शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको छ । “अहिले नै मृत्युको कारणबारे भन्न सकिने अवस्था छैन”, प्रवक्ता डाँगीले भने । शव महाकाली अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्