०२ साउन २०८३, शनिबार

'ए' डिभिजन लिग : आज दुई खेल हुँदै

बैशाख २४, २०८०
'ए' डिभिजन लिग : आज दुई खेल हुँदै

शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलअन्तर्गत आज (आइतवार) दुई खेल हुँदैछन् । आज हुने दुई खेलमध्ये एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे हुने खेलमा मछिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै एन्फा कम्प्लेक्समा सोही समयमा हुने खेलमा संकटा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्