१२ असार २०८३, शुक्रबार
टुकुचा उत्खनन्

बालेन भन्छन्- उच्च अदालतको फैसलाले टुकुचा ढल होइन खोला नै हो भन्ने पुनः प्रमाणित गर्‍यो

खोलाको क्षेत्राधिकार भित्रको जग्गा सार्वजनिक प्रयोजनमा ल्याउन आवश्यक प्रकृया अगाडि बढाउने
बैशाख २४, २०८०
बालेन भन्छन्-  उच्च अदालतको फैसलाले टुकुचा ढल होइन खोला नै हो भन्ने पुनः प्रमाणित गर्‍यो

काठमाडौँ महानगरपालिका प्रमुख बारेन्द्र शाह (बालेन)ले उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको बताएका छन् । आइतवार फेसबुकमार्फत् प्रतिक्रिया दिँदै उनले फैसलाको पूर्ण पाठले टुकुचा ढल होइन खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको बताएका छन् । 

अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको जग्गाको महानगरवासीको सर्वोत्तम हीत हुनेगरी सार्वजनिक प्रयोजनमा ल्याउनेसम्बन्धी आवश्यक प्रकृया अगाडि बढाउने उनले बताएका छन् । 

कुनै पनि नदी वा खोलाको बहाव क्षेत्र, सोको दायाँबायाँ वा माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड रहेको उनको भनाइ छ । 

फैसलाबाट टुकुचाको प्राकृतिक अधिकार पुनःस्थापन गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको उनले बताएका छन् । 

 

salt training

कमेन्ट गर्नुहोस्